ऊ फर्केर आउला नआउला थाहा छैन आएर माया लाउला नलाउँला थाहा छैन परिवर्तन हुन के बेर मान्छेको मन गाउँबेसी सँगै धाउला नधाउला थाहा छैन

This is default featured post 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Music Fm

Thursday, August 29, 2013

सधैको लागी छोडेर गाएकी हो

तिमी बिना म बेसाहारा भयको छु । हुन त तिमीले मलाइ सधैको लागी छोडेर गाएकी हो । तर किन किन तिम्रो याद आउछ । तिमिलाइ देख्न नपायको पनि धेरै भैसक्यो आज तिम्रो यादले धेरै नै सताउछ तिमिलाइ के थाहा आज मैले मेरो जिवन कसरी बेतीत गरेको छु भन्ने कुरा तिमि जाहा भाए पनि म सम्झि रहने छु..............................................................

Monday, February 11, 2013

तिम्रो बारेमा कसैलाई थाहा छैन भन्न छ


सरु,

तिमीलाई कस्तो छ हिजो आज तिमीलाई भेट्न नपाएको पनि धेरै भयो । काहा भेटु काहा देखु त हुन्छ तर समयले तिमी र मलाई घाम जुन जस्तै कहिले भेट नहुने बनायो ।तिमीलाई त मेरो माया लाग्छ लाग्दैन तर मलाई तिम्रो मायाले  धेरै सतायो । तिमीलाई पाउने एउटाै मध्य बनेको छ आसु । जीन्दगीमा तिमीलाई जिवन साथी बनाउने मेरो सपना कल्पना मा सिमित भएको छ । तिम्रो बारेमा कसैले केहि भनेको भए पनि उ पनि यही धर्तिमा खुशी छ भन्ने सोचेको हुने थियो । तर तिम्रो बारे मा मलाई त थाहा छैन तर तिम्रो बारेमा कसैलाई थाहा छैन भन्नछ यो बेला मलाई अरु के के भयो होला । एकै छिन मेरो जिवन मा तिमी नहुँदाअ म कती छट्ट्पटाएको हुने छ तिमीलाई थाहा नै होला फेरी १४ फेब्रेवारी आयो भने त तिमीले पनि भुलेको छैन होला तिमीले बिगतका बर्ष जुन ठाउमा कुरेर बसेकी हुने थियो म त्यही कुरेर बसेको कुने छु । माया मारेकी छैन भने यस्पली पनि आउनु है ।

                                                                                                                                        उही तिम्रो अनुराग 

Saturday, December 8, 2012

म संगत एउटा आगो बनेर पोलिरहेने मुटु छ


प्रिय सरोवर,
शब्दहरुको बाटो टेकेर शब्दभरी प्यार आछ्याउन लामो समयको अन्तारल पछि तिम्रो कसमको ढोका ढकढक्काउदै फेरि आएकि छु । स्विकार गर ल मेरो मायालाई ।
तिमीलाई पत्र नकोरेको लगभग ३ बर्ष भएछ । तर तिम्रो माया नभएर चाहिँ पक्कै हैन । तिमीले पनि त यो बिचमा मेरो खबर बुझ्न चाहेनौ नी किन सरोवर । म त एउटा निरसिलो जिन्दगी बाँचेर भोलीका लागी कुन सुन्दर सपना देख्न सक्छु र ? एउटा सुर्य उदाउछँ न्यानो सबैले उत्तिकै पाउनु पर्ने हो, तर कसैको भागमा कम र कसैको भागमा बढी न्यानो पर्दो रहेछ । हुन त आफ्नो सोचाइ अनुसार होला त्यो पनि । आज म एक्लै छु त्येसैले पनि हुन सक्छ म यति धरै  दुखिरहेकि छु । म तिमीलाई धेरै माया गर्छु हेर्दा नगरे झै लाग्छ होला हगी । स्वार्थी यो समाजमा स्वार्थले भरिएर बाँच्नेहरुले मलाई ठाँउ अनुसार नाम दिदै आए तिमीले पनि आफ्नै बुझाई अनुसारको नाम दिए हुन्छ म जे भनेपनि सहन्छु सरोवर ।
आज परिस्थितीको यो अप्ठ्यारो पाटोमा एक्लै रुनुपर्दाको पिडा म कसरी तीमिलाई भनु । हुनत आज सम्म त बगाईमै हुदापनि बिनाछालको बगाईमा बग्दैछु । त्येसैले तैरेकै छु भन्नु प¥यो । कुन बेला पानीको बहाव बढ्छ र छालसंगै डुबेर मर्नु पर्छ त्यो चाहि थाहा छैन । 
सबैलाइृ आफ्नो जिवन प्यारो लाग्दो हो । मैले आफ्नो जिवन प्यारो लाग्दा लाग्दै पनि केहि गर्न सकिन । एउटा अध्यारो पाटोमा जिन्दगी राखेर रातभरी आसु बगाउन सिवाय । दिनभरी त जति दुखेपनि अनेकन बहाना बनाएर आसु लुकाउन सक्छु तर रातहरुमा जतिनै बहाना बाजी गरेपनि मन थाम्न नसकिदो रहेछ । रातभरी रुन्छु विहान सुनिएका आखाँका डिलसंगै अफिसमा सकिनसकि काम गर्छु ।
एउटा सृजनसिल मष्तिष्कमा सधैभरि एउटा अनौठो तस्बिर बसिरहन्छ । त्यै तस्बिर संगै पिडा छटपटि र आक्रोस का बिचमा ज्युने अथवा मर्ने यस्तै अन्तरद्धोन्ध चलिरहन्छ । तर थाहा छैन बाच्ने कस्को साहारामा र मर्ने पनि कसरि । तिमीलेनै माया मारेर बेखबर बनेपछि ।
 आफु बाच्न सक्ने क्षमता आफैसंग छ । क्षमताको लगानी गर्ने ठाउ नपाएको पनि हैन तैपनि खैं किन हो क्षमता प्रदर्सनका लागी जागर र सहास जुटाउन सकिरहेकि छैन । घात, प्रतिघात र घाउको यो परिधिभित्र लाग्छ मुटु झिकेर यहि बाटोमा फालेर मुटुबिहिन बनेर हिड्न पाएपनि हुन्थ्यो । तर अरुमा सर्मपर्ण गर्न मिल्ने वा परिवर्तन गर्न सक्ने मुटु कहां बाकि रहेछ र म संग । म संगत एउटा आगो बनेर पोलिरहेने मुटु छ । यो आगोले नत जलेर खरानी बन्ननै दिन्छ, नत बर्षादको चिसो ठिहि संगै सितलताको अनुभुत गर्न दिन्छ । यस्तो जिन्दगी बाचेर सधै दुखिरहनु भन्दा बाच्नै पर्छ भनेपनि चेतना बिहिन बनेर बाच्न पाएपनि कस्तो हुन्थ्यो होला हगी सरोवर ? बाच्नत चाहान्छु मैले कसैको सफल जिन्दगी संग खुशि हुनका लागी मात्रै भएपनि बाच्नु पर्छ तर आफु आफैसंग हरेक साझं दुखेर कति दिन र कसरि बाच्ने । तिमीले भनेका हरेक कुरा मैले राम्रररी बुझेकि छु सरोवर तर मन बुझाउन साह्रै गारो हुदो रहेछ । हुनत कम्तिमा यो यात्रामा तिम्रो म छु भनेर भन्ने एउटा शब्द पाएकि छु बस त्यतिनै ठुलो हो मेरा लागी । 
अँ हेरन लेख्दै जादाँ धेरै बहकिएछु बाकी कुरा अर्को पत्रमा लेखुला है 
आजलाई बिदा
उही तिम्री शब्द सरु
राधिका अधिकारी ‘आसु’
सिर्जना बस्ति झापा, हाल काठमाण्डु ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More